सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका संक्रमित अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी

२०७७ जेठ ९, ०५:३० खबर संवाददाता

धनगढी : डडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी भएको खुलेको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय कोरोना संक्रमित पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी रहेको खुलेको हो।

डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले अस्पतालबाट डिस्चार्ज भईसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए। ‘ति पुरुषमा स्क्रव टाइफस पनि देखाएको थियो। सञ्चो भएर उनी घर फर्किसकेका छन्।

अहिले सम्पर्कमा ल्याएर आईसोलेसनमा राख्ने तयारी छ।’ डाक्टर विष्टले दिनेश खवरलाई भने। उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।

कमेन्ट लोड गर्नुस