सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिङ्गापुरमा ’जूम भिडियो कल’मार्फत मृत्युदण्डको सजाय

२०७७ जेठ ८, ०६:१५ खबर संवाददाता

सिङ्गापुरको एक अदालतले ’जूम भिडियो कल’मार्फत एक मलेसियाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। सिङ्गापुरमा अन्यत्रै बैठक बसेर भिडियोमार्फत मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो पटक हो। 

३७ वर्षीय पुनीथन गेनसानलाई सन् २०११ मा अदालतले हेरोइन तस्करीको आरोपमा दोषी ठहर गरेको थियो। यद्यपि पुनीथन भने तस्करीमा आफ्नो संलग्नतालाई लिएर अस्वीकार गर्दै आइरहेका छन्। उनले अदालतको फैसलाविरुद्ध अपिल गर्ने सक्ने जनाइएको छ। 

न्यायालयमा हुने भिडलाई मध्यनजर गर्दै कैयौँ देशले अदालती कामकारबाही अनलाइनमार्फत गर्ने निर्णय लिएका छन्। सामाजिक प्रतिबन्धलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो। 

यस्तोमा जूम जस्तो भिडियो कलिङ मोबाइल एपको प्रयोगलाई अदालतले पनि बढाएको छ। यही महिनाको सुरुवातमा नाइजेरियामा एक व्यक्तिलाई सन् २०१८ मा भएको एक हत्याको लागि जूमको माध्यमबाट मृत्युदण्डको सजाय सुनाइएको थियो। मानव अधिकारको क्षेत्रमा क्रियाशीले संस्थाले भने यो पैसलालाई ’क्रूर र अमानवीय’ भएको बताएको थियो।  
 

कमेन्ट लोड गर्नुस