प्रिय प्रधानमन्त्री ज्यू
प्रिय प्रधानमन्त्री ज्यू
अलिकति आस पलाएको छ
म जस्तै तीन करोड नेपालीको
ढिलै भए पनि, देशको नक्सा
सार्वजनिक गर्नु भए छ क्यारे
मैले त पुरानो नक्सा देखेको अनि
पुरानो नक्सा नै पढेको हु
ती किताबका पानाहरुमा
मेरा कक्षाहरु मैले पनि पास गर्दा
प्रत्येक परिक्षाको अन्तिमको प्रश्न
या मध्यम प्रश्न यहि हुन्थ्यो कि
नेपालुको नक्सा बनाइ निम्न
ठाउँहरु भर्नुहोस रे ,
आफ्नै देश को नक्सा बनाइ ठाउँहरु
भर्नु होस भनी या कुनै दिएको कुरा भर्नु
पर्ने प्रस्न त कहिले पाँच त कहिले दस
कहिले सात त कहिले आठ नम्बर को
सोधिने गथ्र्याै र अहिले पनि सोधिने गर्छ
म पनि धेरै खुसी हुन्थे
राम्रो नक्सा बनाएर
गुरुलाई आकर्षण गर्दै
सोचेको जस्तो नम्बर
पाउथे म जस्तै अरु पनि ,
तर त्यो नम्बर हम्रो लागि उपयुक्त होला र
प्रिय प्रधानमन्त्री ज्यू,
हामी त सबै अन्जान थियौ र गलतको नम्बर
सायद अहिले म जस्तै
पढी रहेका सिकारुहरुले
त्यही नक्सा बनाउथे होला र
बनाए होलान पनि
म त परिक्षा दिनको लागि बसेको
परिक्षार्थि न हु ,प्रिय प्रधानमन्त्री ज्य,ु
मलाइ के थाहा हुन्थ्यो र मैले त
अन्जानमै किताबको पानामा देखेको
त्यही नक्सा बनाइ दिन्थे र भरी दिन्थे
अनि रङ्गिन बनाइ दिन्थे भरेका ठाउँहरु
म त अन्जान नै थिइ देखेको कुरा त
भरेको हु तर मलाई र म जस्तै अन्यलाई
त्यो प्रस्न सोध्नु हुने मेरा गुरु पनि
अन्जान नै थिए होलान र आफ्नै देशको
नक्सा बारे ,
प्रिय प्रधानमन्त्री ज्यु ,
म त आफ्नै देशको नक्सा प्रती पनि अन्जान रहेछु ,
गर्व ले छाती फुलाएर म नेपाली हु भन्ने
मनमा बडो आँट र साहस छ आफै भित्र
भनेर सोच्थे
तर आज म आफै प्रती खेद प्रकट गर्दैछु
म आफ्नै भुगोल बारे अधुरो ज्ञान
सिकिरकेहो रहेछु ,आफ्नै भुमी प्रती अन्जान
रहेछु
प्रिय प्रधानमन्त्री ज्यू
कयौं वसन्त पार गर्दै देशको जिम्मेवारी
समाल्दै आउनु भएको थियो हजुर त ,
कयौंपटक देशको उच्च पद समाल्दै आउनु
भएको हजुर त ,
के हजुर पनि आफ्नो देशको भुगोल बारे
अन्जान नै हुनुहुन्थ्यो होला र ?
जब कि आज आएर देश को भु–भाग
जो कि छिमेकीको नाममा कलङकले
लुटिरहेको छ अर्काको अर्थात हाम्रो माल
माथी आफ्नो हक दाबी गरि रहेको छ ,
त्यहि लाई बडो गर्वका साथ, छाती फुलाएर
कालापानी, लिपुलेक, लिम्पियाधुरा
सहित को नक्सा सार्वजनिक गर्नु भए छ,
प्रिय पधानमन्त्री ज्यू
पलाएका आसा मुनाहरु लाई फेरि पनि
टुहुरो नबनाइ दिनु होला, प्रिय प्रधानमन्त्री ज्यू
कलाकारले गित गाउदैछ ,
कथाकारले कथा लेख्दैछ ,
सरजकले शिर्जना गर्दैछ ,
कविले कविता लेख्दैछ ,
सङ्गितकार ले मीठो सङ्गीत
भर्दैछ सयाद मन मुटु दुखेरै होला
हाम्रो भुमी फिर्ता हुन्छ कि भन्ने झिनो
आसा गर्दै सबै लढ्न तयार भएका छन
नेपाल आमाको अस्मिता बचाउन ,
तपाइँ एक्लै हुनु हुन्न्न प्रिय प्रधानमन्त्री ज्यु
एक छिन पछाडी फर्केर हेर्नुस त
कयौं सेनाहरु छन तपाईको साथमा
यति हुदा किन कम्जोर ठान्नु हुन्छ !
हरिश चन्द, कञ्चनपुर
( उनि सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा अध्ययनरत छात्र हुन्।
उनले लेखेको गद्य कवितालाई साभार गरीएको हो। )