सुदूर नेपाललाई विश्वसँग जोड्दै

’होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ’कुल ब्वाइ’

२०८१ वैशाख २१, ०४:०४ खबर संवाददाता

’कुल ब्वाइ’ को नामबाट चर्चित कञ्चनपुरका पारस बमले फिल्म खेल्ने भएका छन्।

टिकटकर हुँदै इन्टरनेटमा ’भिडियो कन्टेन्ट क्रिएटर’ को रूपमा चर्चित उनी सफल फिल्म ’होस्टेल’ को तेस्रो शृंखला ’होस्टेल ३’ मा अनुबन्धित भएका हुन्। उनलाई फिल्मको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरूमध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ’टिनएजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनका ’कान्छी कता हिँडेको’, ’बुवाको नाक’ लगायतका गीतहरू चर्चित छन्।

स्क्रिप्टले मागेको पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम लागेकाले अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए। उनले अघिल्ला भागहरूमा जस्र्तै होस्टेल ३’ बाट पनि केही कलाकारको फिल्ममा उदय हुने जनाए।

’होस्टेल’ बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ’होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली फिल्मका सफल कलाकारहरू बनिसकेका छन्।

कमेन्ट लोड गर्नुस