सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा ड्राइभिङ सेन्टरद्वारा सुरक्षार्थ खटिएकाहरुलाई खाजा वितरण

२०७७ जेठ ६, ०७:२७ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा रहेको उग्रतारा ड्राइभिङ सेन्टरले लकडाउनको पालना गराउन खटिएका सुरक्षाकर्मीहरुलाई खाजा वितरण गरेको छ।

डडेल्धुराका प्रहरी प्रमुख दधिराम न्यौपानेमार्फत नागरिकको सुरक्षार्थ खटिएकाहरुलाई ड्राइभिङ सेन्टरले दिउँसोको खाजा तथा ग्लब्स् वितरण गरेको संञ्चालक तेजबहादुर ऐरले बताए। उनले स्याउलेदेखि पोखरासम्म सुरक्षामा खटिएका सम्पूर्ण सुरक्षाकर्मीहरुलाई  खाजा वितरण गरेको बताए। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन पालना गराउन स्वास्थ्य नै जोखिममा राखेर खटिएकालाई सम्मान तथा प्रोत्साहतस्वरुप सहयोेग गरेको उग्रतारा ड्राइभिङ सेन्टरका संचालक तेजबहादुर ऐरले बताए। 

कमेन्ट लोड गर्नुस