सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सामग्री सहयोग

२०७७ जेठ ६, ०१:२८ खबर संवाददाता

कञ्चनपुर : राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिलाई कोरोनाबाट बच्नका लागि स्वास्थ्य समाग्रीहरु सहयोग गरिएको छ। लाईन्स क्लबको सहयोगमा अपाङ्ग महासंघले विभिन्न स्थानीय तहहरुलाई हरुतान्तरणगरि स्थानीय तह मार्फत कैलाली र कञ्चनपुरमा रहेका अपाङ्गता भएका व्यक्तिलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

सोमबार लियो क्लबको सहयोग र अपाङ्ग महासंघको समन्वयमा भीमदत्त नगरपालिका मार्फत अपाङ्गता भएका १३ जनालाई सुरक्षा समाग्री दिएको छ। नगरपालिकाको परिसरमा पुगेर लियो क्लबका संयोजक डा भोजराज पन्त, क्लबका सदस्य नरेन्द्र भाट लगायत राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायत सहितको टोलीले राहत स्वरुपको विभिन्न स्वास्थ्य सामग्री भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द ९सिँह०लाई हस्तान्तरण गरिएको थियो।

राहतस्वरुप भीमदत्त नगर भित्रका १२ जना र वेदकोट नगरपालिकाका १ जनालाई हेण्ड सेनिटाईजर, मास्क, ग्लोब्स, युरिन थैली लगायतका अत्यावश्यक समाग्रीहरु हस्तान्तरण गरिएका हुन्। मेरुदण्ड र पक्षघातका अपाङ्गता भएका व्यक्तिलाई समेत आवश्यक सुरक्षा समाग्रीहरु सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले बताए। राहत सामग्री बुझ्दै भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द ९सिँह०ले लायन्स क्लब र राष्ट्रिय अपाङ्ग महासंघलाई विशेष धन्यवाद दिएकी छिन्।

कोरोना रोगको संत्रलमणबाट बच्नका लागि अपाङ्गता भएका व्यक्तिलाई विशेष स्वास्थ्य सहयोगी समाग्रीहरु राहत स्वरुप दिइएकोे लियो क्लबका सदस्य नरेन्द्र भाटले बताए। उनका अनुसार यसअघि भीमदत्त, बेदकोट र शुक्लाफाँटा नगरपालिकामा सहयोग गरिएको थियो। महामारीका बेला सुरक्षा सहयोगी समाग्री पाएपछि अपाङ्गता भएका व्यक्तिहरु हर्षित भएका छन्।

राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र लायनस क्लबको सहयोगमा कैलाली र कञ्चनपुरका करिब २६ जना अपाङ्गहरुलाई राहत स्वरुपको स्वास्थ्य सामग्री सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चि प्रदेश अध्यक्ष उपेन्दबहादुर खडायतले बताए। उनका अनुसार, कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ जना, कैलालीको धनगढी उपमहानगरपािलकामा ५ जना, गोदावरी नगरपालिकामा ७ जना, गौरी गंगा नगरपालिकामा १ जना गरेर २६ जनालाई स्वास्थ्य सुरक्षा समग्री वितरण गरिएको छ।
 

कमेन्ट लोड गर्नुस