सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका थप दुई बालकमा कालाजार भेटियो

२०७७ जेठ ५, ०३:०० खबर संवाददाता

बाजुरा : बाजुरामा थप दुई बालकमा कालाजारको संक्रमण भेटिएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–३ जैलुका ५४ महिने महेन्द्र बोहरा र जगन्नथा गाउँपालिका–२ आसबाडाका २० महिने बालक विपना नाथ रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैसीले जानकारी दिए।

उपचारका लागि कोल्टी ल्याइएका महेन्द्र र विपनालाई प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताए। सो क्षेत्रमा केही दिनअघि मात्र जगन्नाथ गाउँपालिका–५ का १७ महिनाका देवेन्द्र बुढामा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जाँच गर्दा कालाजार देखापरेको थियो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा यसको उपचार नहुने भएकाले धनगढी, नेपालगञ्ज, सुर्खेत लैजानुपर्ने बाध्यता छ। कोल्टी क्षेत्रमा गतवर्ष कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस