सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाकाे रिर्पोट नेगेटिभ

२०७७ जेठ ४, १२:५० खबर संवाददाता

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाकी ३३ वर्षीया महिलामा कोरोना संक्रमित महिलाको सम्पर्कका आएका परिवारका सदस्य सहित ३० जनाको रिर्पोट नेगेटिभ आएको छ।

वेदकोटबाट काठमाडौँ फर्किएपछि कोरोना पोजेटिभ देखिएकी महिलाका परिवारका पाँच सदस्य सहितका ३० जनाको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको रिर्पोट नेगेटिभ आएको बताए। श्रेष्ठका अनुसार शनिबार धनगढीमा पीसीआर विधीबाट गरिएको परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको हो।

गत बैशाख २८ गते महेन्द्रनगरबाट काठमाडौँ फर्किएकी ती महिलाको टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

करिब दुई महिना कञ्चनपुर बसेर उनी सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीसँगै छोराछोरी लिएर काठमाडौँ फर्किएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस