सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा ड्राइभिङ सेन्टरका प्रशिक्षार्थीद्वारा रक्तदान

२०७७ जेठ ३, ०२:३० खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा रहेको उग्रतारा ड्राइभिङ सेन्टरका प्रशिक्षार्थीले रक्तदान गरेका छन्। ड्राइभिङ सेन्टरका प्रशिक्षार्थीद्वारा रक्तदानका साथै ब्लड ग्रूपिङ समेत गरिएको ब्लड बैंक डडेल्धुराका प्रमुख गणेश ऐरले जानकारी दिए।

उनीहरुबाट  २ पिन्ट ओ पोजेटिभ रगत संकलन गरिनुका साथै १० जनाको ब्लड ग्रूपिङ  गरिएको ऐरले बताए। उग्रतारा ड्राइभिङ सेन्टर संचालक तेज ऐरको सहयोगमा गरिएको उक्त कार्यक्रम पश्चात रगत अभाव भएका बेला सहज हुने ब्लड बैंक प्रमुख गणेश ऐरले बताए।

साथै उनले अहिले ब्लड बैंकमा नेगेटिभ ब्लड ग्रुपको रगत अभाव भएकाले दाताहरुलाई रक्तदान गर्न अनुरोध गरेका छन्। 

कमेन्ट लोड गर्नुस