सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नवदुर्गा टोलका स्थानीयले कुहिएको ४७ कठ्ठा चामल फिर्ता गरे

२०७७ जेठ २, ०१:३९ खबर संवाददाता

धनगढी : धनगढीको नवदुर्गा टोलका स्थानीयले राहतमा मिलेको कुहिएको ४७ कठ्ठा चामल फिर्ता गरेका छन्। वडा नम्बर १ को नवदुर्गा टोलका स्थानीयले राहतमा मिलेको चामल कुहिएको भेटिएपछि ४७ कठ्ठा उप–महानगरपालिकालाई नै फिर्ता गरेका हुन्। राहतमा मिलेको चामल कुहिएको र किरा परेको भेटिएपछि फिर्ता गरिएको स्थानीय नरबहादुर मल्लले बताए। उनका अनुसार प्रती कठ्ठा १५ किलोका ४७ कठ्ठा फिर्ता गरिएको हो। ‘यो चामल जम्मै किरा परेको र कुहिएको छ’, उनले भने, ‘मान्छेको कुरा छोडौँ गाईवस्तुले पनि खादैनन्, त्यसैले हामीले फिर्ता गरेका हौँ।’

अन्य वडाका स्थानीयले फिर्ता गरेको थाहा पाएपछि आफूहरुले पनि उप–महानगरपालिकालाई बुझाएको बताएका छन्। ‘लकडाउन कारण घर भित्रै बसेका थियौं राहत वितरण हुने भएपछि खुसी लागेको थियो’ उक्त टोलकी स्थानीय नरु विकले भनिन् ‘तर पकाएपछि घरका सबैले पनि खाएन् अनी फिर्ता गरे।’ ‘दुई पोका तेल र दुई सावुन पाएको हुँ’ स्थानीय देवी लुहारले भनिन् ‘चामल भने किरा परेको आयो’ उप–महागरपालिकाले उक्त टोलका ३० परिवारलाई राहतको चामल वितरण गरेको थियो तर सबै कुहिएको आयो स्थानीय पार्वती फुलाराले बताईन्।

‘हाम्रो टोलमा १५ किलोको ६० कट्टा चामल आएको थियो ४७ कुहिएको भेटिएपछि फिर्ता गरेका छौं’, उनले भनिन्, ‘बाँकी १३ कठ्ठा पनि कुहिएको थियो, उक्त चामल भने कतिपय स्थानीयले गाईबस्तुलाई खुवाए।’ उप–महानगरपालिकाले गठन गरेको छानविन समितिले समेत नवदुर्गा टोलका स्थानीयले कुहिएको चामल भेटिएपछि फिर्ता गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस