सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लकडाउन उल्लङ्घन गर्ने १३५ जनालाई दुई घण्टा सडकमै उभ्याईयो

२०७७ जेठ १, ०२:४४ खबर संवाददाता

धनगढी : धनगढीमा लकडाउन उल्लङघन गरी आवतजावत गर्ने एक सय ३५ जनालाई दुई घण्टा सडकमै उभ्याईएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीका विभिन्न स्थानमा    लकडाउनको उल्लङ्घन गरी एक सय ३५ जनालाई दुई घण्टा सडकमा उभ्याएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरुलाई दुई घण्टा सडकमा उभ्याएर छोडिएको बताए। यस्तै लकडाउनमै चलाईएका एक सय एक सवारीसाधन पनि नियन्त्रणमा लिईएको छ।

धनगढी क्षेत्रमा चलाईएका मोटरसाईकल, स्कुटर तथा विद्युतीय रिक्सा समेत गरी एक सय एक सवारीसाधन नियन्त्रणमा लिईएको प्रवक्ता बस्नेतले बताए।

यसअघि बुधबार पनि प्रहरीले लकडाउनको उल्लङ्घन गरी चलाईएका दुई सय ९२ सवारीसाधन नियन्त्रणमा लिएको थियो भने तीन सय १९ जनालाई सडमै उभ्याएको थियो। 
 

कमेन्ट लोड गर्नुस