सुदूरपश्चिमका लागि संघिय सरकारले सेनाको स्काई ट्रक मार्फत पठायो स्वास्थ्य सामग्री
धनगढी : संघिय सरकारले सुदूरपश्चिमका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री पठाएको छ। बिहिबार नेपाली सेनाको स्काई ट्रक मार्फत संघिय सरकारले स्वास्थ्य सामग्री पठाएको हो।
सरकारले पठाएका सामग्री भवानी दल गणका गणपती प्रमुख सेनानी विकास केसीले प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रले सामग्री बुझेकाले के–के पठाईएको छ भन्ने हेर्न बाँकी रहेको बताए।