सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना संक्रमित महिला बसेको क्षेत्र सील

२०७७ वैशाख ३१, ०८:३६ खबर संवाददाता

धनगढी : काठमाडौँ गएकी कञ्चनपुरको बेदकोट नगरपालिकाकी ३३ बर्षीय महिलामा कोरोना देखिएपछि उनी बसेको अत्तरियाको विजयनगर टोललाई सील गरिएको छ।

उनी गोदावरी नगरपालिका १ अत्तरियाको सशस्त्र बाहीनी अगाडीको घरमा करिब २ घण्टा बसेको खुलेपछि उक्त क्षेत्रलाई सील गरिएको हो। सशस्त्र प्रहरीबाट अवकास पाईसकेको ती महिला यसअघि अत्तरियामै रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा समेत काम गरेकी थिएन्।

कञ्चनपुरबाट काठमाडौं गएकी ती महिलामा मंगलबार कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित महिला बसेको घर लगायत उनको घर वरिपरिका ७० जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिने छ। 

कमेन्ट लोड गर्नुस