सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेदकोटबाट काठमाडौँ पुगेकी थिईन संक्रमित महिला, स्वास्थ्यको टोली पठाइयो

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ३१, १०:२९ खबर संवाददाता

धनगढी :  तीन दिनअघि काठमाडौँ पुगेकी संक्रमित महिला कञ्चनपुरको बेदकोट नगरपालिकाकी भएको खुलेको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले उनी बेदकोट नगरपालिका वडा नम्बर १० सिसैया को भएको जनाएको हो।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमित ३३ वर्षीय महिला बेदकोट नगरपालिकाको भएको दिनेश खबरलाई जानकारी दिए।

उनको सम्पर्कमा आएका व्यक्तिको खोजीका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको टोली बेदकोट पठाईएको समेत उनले जानकारी दिए। 

संक्रमित महिलाले वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी थिइन्। उनी एक छोरा एक छोरीसंगै काठमाडौ गएकी थिइन्। ती महिला आफै परीक्षणका लागि पुगेको बताइएको छ।  

उनको घर बेदकोट नै भएको समेत चन्द्रागिरी नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरीमा पनि उनको घर रहेको बताए। उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन्।

यो पनि पढ्नुस

महेन्द्रनगरबाट तीन दिनअघि काठमाडौँ पुगेकी महिलामा कोरोना पुष्टि
 

कमेन्ट लोड गर्नुस