कञ्चनपुरबाट तीन दिनअघि काठमाडौँ पुगेकी महिलामा कोरोना पुष्टि
धनगढी : कञ्चनपुरबाट तीन दिनअघि काठमाडौँ पुगेकी महिलामा कोरोना पुष्टि भएको छ। संक्रमित ३३ वर्षकी महिलाले दिएको जानकारी अनुसार उनी वैशाख २९ गते कञ्चनपुरबाट निजी गाडीमा काठमाडौँ गएकी थिईन्।
चन्द्रागिरी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष देवेन्द्र महर्जनका अनुसार संक्रमित महिला तीन दिन अघि मात्रै कञ्चनपुरबाट काठमाडौँ पुगेकी थिईन्।
ती महिला आफै परीक्षणका लागि पुगेको बताइएको छ। उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन्।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रशासन कार्यालयले भने संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीका लागि अहिले सम्म जानकारी नआएको जनाएको छ।