सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कोरोना परीक्षणका लागि ४९ जनाको स्वाब संकलन

२०७७ वैशाख ३०, ०६:१६ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा कोरोना परीक्षणका लागि ४९ जनाको स्वाब संकलन गरिएको छ। पिसिआर प्रविधिबाट कोरोना भाइरस परीक्षणका लागि क्वारेन्टाइनमा बसेका उनीहरुको थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जानकारी दिएको छ।  

ती सबै भारतलगायत तेस्रो मुलुकबाट आएर जिल्लाको अमरगढी नगरपालिका, परशुराम र आलिताल गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका थिए। परशुरामका ३५ जना, अमरगढी नगरपालिकका २ र आलितालका १२ जना गरी जम्मा ४९ जनाको नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। थ्रोट स्वाबको नमूना परीक्षणका लागि धनगढी पठाइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस