सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिको फोहोर खेल आखिर कहिलेसम्म ?

२०७७ वैशाख ३०, ०६:०५

मोहन कुँवर

वास्तवमा हामी नेपाली जनता सोझो हौ अहिलेसम्म पनि राजनीतिको फोहोर गन्ध सहेर बसिाहेका छौ। हामीलाई एउटा विश्वास के थियो भने देशमा स्थायी सरकार हुनेभयो अब देशको विकाससंगै जनतामा पनि केही विकासका राहत घर अगाडिसम्म पुग्छ भन्ने आशा पलाएको थियो। तर अहिले आएर राम्रोसंग प्रमाणीत गरिदियो कम्युनिस्ट सरकारले। यिनिहरुप्रति सलाम छ हामी सोझा नेपाली जनताको तर्फबाट।  

यतिखेर विश्व कोभिड– १९ को  महामारीमा फसेको छ। विश्वका सम्पूर्ण देशका नेतृत्व वर्गलाई जनताप्रति जिम्मेवारी छ तर हाम्रा देशका नेताहरु अझैपनि सत्तामा पदको लागी लडाइ लडिरहेका छन्। यसो सम्झिदा लाग्छ, जनतालाई कतिसम्म कुल्चिन सकेको होला ? राहतको नाममा सामाग्री खरिद गर्दा कसरी भष्ट्राचार गर्न सकेको होला ?  यस विपतको घडिमा सत्तामा लडिरहन कसरी मनले मानेको होला ? वैदेशिक रोजगारमा कति नेपाली जनता अलपत्र परिरहेका छ्न कसरी हेरेर बसिरहन सकेको होला ?आखिर यो राजनीतिको फोहोरी खेलको गन्ध कहिलेसम्म  सहने हामी नेपाली जनताले ? के यसको जवाफ र जिम्मेवारी प्रति जवाफदेही हुन सक्छ सरकार ?    

यदि सरकारले चाहने हो भने बलियो शक्ति छ, माथिल्लो तहका ५ जना नेता मात्रै मिलेर जान सक्ने हो भने देशले अबको २ वर्षमा विकासको मुहार फेर्न सक्छ। तर यहाँ कहिले ओली,  कहिले प्रचण्ड, कहिले माधव कहिले झलनाथ कहिले बामदेव भन्यो। अनि दोस्रो तहका नेताहरु तिनीहरुलाई मिलाउन यता नाच्यो उता नाच्यो अन्त्यमा  हात लाग्यो शुन्य। आखिर यिनिहरुबिच  सहमति हुने कहिले ?अनि देश परिवर्तन हुने कहिले ? यता मन्त्रीहरु ७२ करोडको घुस खाने डिलदेखि स्वास्थ्य सामाग्री खरिदमा पनि भष्ट्राचार गर्नेसम्म छन्। 

जुनसुकै मन्त्री तथा कर्मचारी भएपनि भष्ट्राचार गर्नेलाई तुरुन्त कानूनको दायराभित्र लिई कारवाही गर्नसक्नुपर्यो होइन भने राजीनामाले मात्र सजाय पुग्दैन। अख्तियार  प्रमुख, प्रहरी प्रशासन सबै यिनैका हातमा छन्। अनि कारवाही गर्ने कसले ? राष्ट्रिय सरकार,  प्रदेश सरकार, स्थानीय सरकार आखिर केका लागि त ? यिनै सोझा नेपाली जनताले तिरेको कर अनि वैदेशिक रेमिटान्सको पसीना कर्मचारीको तलबको लागि मात्र हो त ? जबसम्म भष्ट्र नेतादेखि कर्मचारी सम्मलाई  कडा कारवाही हँुदैन तबसम्म नेपाली जनताले राजनीतिको फोहोर खेललाई स्विकार्दै बस्नुपर्ने हुन्छ।

अब राजनीतिको फोहोरी गन्ध जनताले बाँकी २ वर्षसम्म सहन सक्नेछन् त्यसपछि यिनिहरुलाई जनताले पत्तासाफ हुनेगरी बाटो देखाउन बाध्य हुनेछन्। स्थायी सरकार बनाउने बहानामा नेपाली जनतालाई राजनीतिको फोहोर गन्ध सहन नसक्नेगरी ठग्यो कम्युनिस्ट सरकारले।

(लेखक मोहन कुँवर गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका हुन। हाल उनी रोजगारीको शिलशिलामा जापानमा छन्।)
 

कमेन्ट लोड गर्नुस