सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १९ वटै वडामा राहत वितरण स्थगित

२०७७ वैशाख ३०, ०३:१२ खबर संवाददाता

धनगढी : धनगढीका १९ वटै वडामा राहत वितरण कार्य रोकिएको छ। धनगढी उप–महानगरपालिकाले विज्ञप्ती निकाल्दै राहत वितरण तत्कालका लागि राहत वितरण स्थगित गरिएको जानकारी दिएको हो। 

धनगढी उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले चामल फिर्ता गरेका थिए।

वडा नम्वर ४ र वडा नम्वर २ मा उप–महानगरपालिकाले खरिद गरी वितरण गरेको चामल कुहिएको फेला परेको भन्दै स्थानीयले फिर्ता गरेका थिए।

उप–महानगरपालिकाले विज्ञप्ती जारी गदै खरिद प्रक्रियाको विषयमा छानविन भईरहेको र तत्कालनका लागि वितरणको कार्य स्थगित गरिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस