सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रिन्सिपल मृत्यु प्रकरणः २०औँ दिनमा पनि प्रदर्शन जारी

२०७७ वैशाख ३०, ०३:०८ खबर संवाददाता

धनगढी : एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कैलालीको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण प्रशाद भुसालको हत्या भएको र संग्लनलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ।

कैलालीको मसुरीयामा बिहानी क्षितिज विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयले आज पनि प्रदर्शन जारी राखेका हुन्। भुसाल मृत भेटिएको २० दिन सम्मपनि हत्यामा संग्लनलाई सार्वजनिक नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने घटना अुसन्धान भईरहेको बताए। घटना अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरी किटानी जाहेरीको आधारमा कर्तव्य ज्यानमा मुद्धा चलाईएको उनले बताए।

डिएसपी बस्नेतका अनुसार मृतकको भिसेरा लगायत अन्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ। गौरीगंगा नगरपालिका वडा नम्वर ९ का भुसाल ११ गते पहलवानपुरबाट २ किलोमिटर पश्चिममा भेटिएका थिए।

पहलवानपुर मसुरीया आउँदा सडकको दक्षिण भएर फर्किनुपर्नेमा भुसालको शव विपरित साईडमा भेटिएपछि स्थानीयले हत्या भएको आशंका गर्दै आएका छन। मृतकले ल्याएका भोड्काका बोतल उनी मृत भेटिएको स्थान भन्दा झण्डै एक किलोमिटर पूर्व भेटिएका थिए। सोही ठाउँमा उनले बान्ता पनि गरेका थिए।

कमेन्ट लोड गर्नुस