आशा लघुवित्तद्वारा गोदावरीलाई १२ हजारको चेक हस्तान्तरण
कैलाली : आशा लघुवित्त वित्तिय संस्था अत्तरिया शाखाले कैलालीको गोदावरी नागरपालिकालाई १२ हजारको चेक हस्तान्तरण गरेको छ।
कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्नको लागि नगरपालिकाले स्थापना गरेको राहत कोषमा १२ हजारको चेक हस्तान्तरण्त गरेको अत्तरिया शाखा प्रमुख गणेश भट्टले बताए।
प्रधान कार्यालय नुवाकोट रहेको उक्त वित्तिय संस्थाको ५५ वटा शाखा रहेका छन् जसमध्ये सुदूरपश्चिममा ६ वटा शाखा कार्यालय छन्।