सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपायलबाट कैलाली सर्‍यो नेपाली सेनाको सुदूरपश्चिम पृतना

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख २९, ०९:४९ खबर संवाददाता

नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ। विसं २०६० सालमा तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा सेनाको पृतना स्थापना भएको थियो।

स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना सोमबार दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ। देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि सेनाको पृतना पनि कैलाली सारिएको हो।

पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ। रासस

कमेन्ट लोड गर्नुस