सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्पादन घटेपछि जग्गा बाझो राखेर खाद्यान्न खरिद गर्दै डडेल्धुराका किसान

२०७७ वैशाख २९, ०६:३५ खबर संवाददाता

टेकराज अवस्थी, डडेल्धुरा : आफ्नो खेतबारीमा खान पुग्नेगरी खाद्यान्न नहुने भएपछि पहाडका किसानहरु खाद्यान्न किन्न बाध्य भएका छन्। खाद्यान्न अन्र्तगत प्रमुख अनाजको रुपमा रहेको चामल र गहुँको खेती गरिने भएपनि वर्षभरी परिवारमा खान नपुग्ने भएपछि पछिल्लो समय तराईबाट आउने गहुँ एकमुष्ठ रुपमा खरिद गरेर राख्ने प्रचलन बढदै गईरहेको छ। 

ग्रामीण क्षेत्र आफैमा कृषिकर्म गर्ने संस्कार, संस्कृति र जीवनशैली हो। तर जंगली जनावरको आतंक, सिंचाईको अभाव, प्रविधिको स्वरुप परिवर्तन तथा राज्यले कृषि क्षेत्रमा समुचित ध्यान दिन नसकेका कारण किसानको उत्पादनमा वर्षैनी ह्रास भइरहेको छ। त्यस्तै आर्थिक उपार्जनका बैकल्पिक उपायहरु अबलम्बन गरिन थालेसँगै वर्षभरी पुग्नेगरी अन्न फलाउने किसानहरु जग्गा बाँझो राखेर अनाजको व्यवस्थापनतिर लागेका छन्। 

कृषि कर्मको प्रतिफल भन्दा व्यवसाय, तरकारी खेती वा अन्य रोजगार गरेर नगद आम्दानीतर्फ सर्वसाधारण आकर्षित भएका कारण स्थानीय अनाज किन्न बाध्य भएको जनप्रतिनिधि जगन्नाथ ओझाले बताए। ‘खेती गरेर भन्दापनि नगद आर्थिक उपार्जनबाट किनेर खान सजिलो भएकोले गाईबस्तु पाल्ने तथा खेती गर्ने किसानहरु वर्षभरी विभिन्न खाद्यान्न किनेरै खाने प्रचलन बढेको छ’ उनले भने। सबैले किनेरै खाद्यान्न ल्याउन थालेपछि पहाडको जग्गा जमिनको औचित्यमाथि प्रश्न तेर्सिएको उनले बताए।  

कृषि पेशा सुरक्षित र सुनिश्चित नभएका कारण विगतका वर्षभन्दा यसवर्ष पहाडवासी कृषकहरु किनैरै खाद्यान्न भण्डारण तर्फ लागेको देखिन्छ। अहिले लकडाउनका बेला तराईबाट खाद्यान्न ढुवानीको पास बनाएर सैयौ मालबाहक गाडीहरु धमाधम पहाड आइरहेका छन्। र गाउँलेहरुसँग सम्पर्कगरी अन्धाधुन्ध दररेटमा बिक्रि गर्न थालेपनि लकडाउन अनिश्चित हुने क्रासले सर्वसाधारणहरु मूल्यको पर्वाह नगरी त्यहि दररेटमा खाद्यान्न संचयमा लागिपरेका छन्।      
  

 

कमेन्ट लोड गर्नुस