सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका दिवेश अमेरिकन आइडलको टप सातमा

२०७७ वैशाख २९, ०८:५० खबर संवाददाता

नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन्। टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ। फाइनल अर्को साता १७ मेमा हुनेछ।  

अमेरिकन आइडलमा भोट दिन तीन तरिका एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर। तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ।

तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो। नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ। काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन्।

कमेन्ट लोड गर्नुस