सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अलपत्र नेपालीको उद्धार गर्न माग

२०७७ वैशाख २७, ०८:०२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमेली नेपाली समाज भारतले अलपत्र नेपालीको उद्धार गर्न माग गरेको छ। भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई ज्ञापन पत्र बुझाउँदै समाजले भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेको हो।

भारतमा रोजगारी गुमाएर धेरैको बिचल्ली भएको भन्दै उनीहरुको जिउधनको सुरक्षा गर्दै उद्धारका लागि माग गरिएको हो।

समाजका अध्यक्ष दीपक प्रकाश मल्ल र महासचिव मोहनवीर साउँदद्वारा जारी ज्ञापन पत्रमा प्रवासी नेपालीहरुले राहत समेत नपाउँदा बिचल्ली भएको उल्लेख गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस