सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलको अभाव हुने चिन्तामा कैलालीका किसान

२०७७ वैशाख २६, ०६:३६ खबर संवाददाता

धनगढी : प्रत्येक वर्ष रसायनिक मलको अभाव हुन थालेपछि कैलालीका किसान चिन्तित भएका छन्। अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारतबाट मल ल्याउन नसकिने भन्दै किसानहरु चिन्तित भएका हुन्। 

शुक्रबाट मात्रै जिल्लाको घोडाघोडी नगरपालिकामा रसायनिक मल अभाव हुने भन्दै  किसानहरु लाइन बसेका थिए। कृषि सामग्री कम्पनी लिमिटेड धनगढीबाट रसायनिक मल लिएको घोडाघोडी नकरोड बहुउद्देशीय सहकारी संस्थामा शुक्रबार किसानको लाइन लागेको थियो। सहकारी संस्थाले एक सय ४० बोरा युरिया र एक सय ६० बोरा डीएपी लिएको सूचनाको आधारमा उनीहरु लाइन बसेका थिए।  

यता कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले भने रसायनिक मलको मौज्दात रहेको दावी गरेको छ। लकडाउन भएका कारण प्रत्येक दिन निश्चित सहकारीलाई मात्र मल वितरण हुँदै आएको कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिँह रावलले जानकारी दिए। उनका अनुसार यूरिया एक हजार सात सय ५२ मेट्रिक टन, डिएपी पाँच सय ३७ मेट्रिक टन र पोटास एक सय ९२ मेट्रिक टन अहिले मौज्दात रहेको छ। जिल्लाका लागि रसायनिक मल प्रयाप्त नभएपनि अभाव भने नहुने उनले बताए।

अहिलेसम्म झण्डै साढे सात हजार मेट्रिक टन यूरिया वितरण गरिएको छ। त्यस्तै नौ सय टन डिएपी वितरण गरिएको छ। अझै सात सय टन डिएपी माग गरिएको रावलले बताए। ‘प्रदेशका लागि आवश्यक मल अहिले छ, केही मगाएका छौ बोगटीले भने। कैलालीमा एक सय ३० सहकारीमार्फत कृषि सामग्री कम्पनी लिमिटेडले रसायनिक मल बिक्रि वितरण गर्दै आएको छ। 

सुदूरपश्चिममा एक लाख २० हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शमाले भने, ‘एक लाख २० हजार हेक्टरका लागि ३० देखि ३५ हजार मेट्रिक टन प्रदेशमा आवश्यक हो। तर १५ देखि २० हजार मेट्रिक टन रसायनिक मल मात्र प्रदेशमा आयात हुँदै आएको छ। यो प्रयाप्त हैन्। प्रदेशमा अभाव भने हुन्छ।’ 

वर्षे खेतीको समय सुरु भएकाले किसान मलको जोहो गर्न थालेका छन्। तर प्रदेश सरकारले भने मल खरिदका लागि अहिलेसम्म कुनै प्रक्रिया थालेको छैन्। 

कमेन्ट लोड गर्नुस