सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी तरकारी किसानको चिन्ताः तरकारी कुहिएर कामै नलाग्ने भयो

फाइल फोटो
फाइल फोटो
२०७७ वैशाख २६, ०४:०६

धनगढी : धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन्।

“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उनले भने, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ।” उनले होटेल तथा फुटपातमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताए। 

बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ। “दिनमा आठ/दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन” उनले भने। उनले लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गथ्र्याे तर हिजोआज अत्यन्त न्यून बिक्री भएका कारण ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताइन। 

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उनको गुनासो छ। “गत चैत ११ गतेदेखिको बन्दले अब त जमिनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उनले भने “जमिनको भाडा कहाँबाट दिने र परिवार जहान कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो।”

उनले लकडाउन खुल्ने आसैआसमा एक दुई हप्ता गर्दा गर्दा झण्डै दुई महिना पुग्न थालिसक्यो, कहिले खुल्ने हो अब त खुल्ला र तरकारी बिक्री गरौँला भन्ने आस मर्न थालिसकेको बताइन। लकडाउन खुलुन्जेलसम्म त बारीको तरकारी कुहेर कामै नलाग्ने भइसक्ने उनको भनाइ छ। आफूले तरकारी बिक्री गर्ने गरेको कृषि उपज हाटबजार, होटेललगायत मानिसको भीडभाड हुने क्षेत्र त झनै अहिले खुल्न सक्ने कुनै सम्भावना नभएको उनले विचार व्यक्त गरे।

पाँच वर्षदेखि जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका गुप्ताले वार्षिक आठदेखि १० लाख जति फाइदामात्र हुने गरेको बताए। उनले भने, “विगत सिजनमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गथ्र्याे तर अहिलेको समस्याले व्यवसाय पूरै घाटामा छ, लगानी उठ्न पनि मुस्किल छ।”

बन्दाबन्दीले व्यवसायमा त अप्ठ्यारो नै पर्न थाल्यो हुँदाहुँदै परिवारको लालनपालनका लागि खर्च जुटाउनसमेत समस्या हुन थालेको उनको भनाइ छ। रासस

कमेन्ट लोड गर्नुस