सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मदिरा पिएर क्वारेन्टाइनमा महिलामाथि अभद्र व्यवहार गर्ने पक्राउ

२०७७ वैशाख २२, १२:५० खबर संवाददाता

बैतडीमा मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर महिलामाथी अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ३ मा रहेको गौरीकन्या मन्तोला क्वारेन्टाइनमा गएर वडा महिला सदस्यमाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार क्वारेन्टाइनमै गएर वडा महिला सदस्य काली बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका थिए। क्वारेन्टाइनमा गएर मादक पदार्थ सेवन गरेका नरेन्द्रले महिला वडा सदस्यमाथि गालीगलौजसहित दुव्यर्वहार गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ।

पक्राउ परेका बोहरामाथि अभद्र व्यवहार कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धानको तयारी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बोहरालाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस