सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट ८ सासंद तर विपदमा जनताका सारथी सांसद मल्ल मात्रै

२०७७ वैशाख २०, ०१:५७ खबर संवाददाता

धनगढी : नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा क्षेत्र नम्बर ‘ख’ बाट सुदूरपश्चिम प्रदेश सभाका लागि विजयी भएका कर्णबहादुर मल्ल आजभोली जिल्लाको गाउँ दौडाहमा व्यस्त छन्।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपश्चात उनी जिल्लामा स्वास्थ्य सामग्री तथा राहत बाड्नमै व्यस्त देखिने गरेका छन्।

उसो त डडेल्धुराबाट प्रतिनिधी सभा र प्रदेश सभागरी ८ जना सांसद रहेका छन्। प्रत्यक्षबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रदेश सभामा नेकपाबाट विजयी तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिँह बोहरा र कांग्रेसबाट विजयी कर्णबहादुर मल्ल रहेका छन्। त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधि सभामा नेकपाकी सांसद निरा जैरु, चक्रप्रसाद स्नेही, महेशकुमार महरा र प्रदेश सभामा समानुपातिक तर्फ कांग्रेस सांसद गोविन्द बोहरा र नेकपाकी सांसद कुन्ती जोशी रहेका छन्। 

तर यी मध्ये कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्रिय तथा जिल्लामा देखिएका सांसद कर्णबहादुर मल्ल मात्रै छन्। सांसद मल्लले हालसम्म जिल्लामा थुप्रै्रलाई स्वास्थ्य सामग्री तथा राहत वितरण गरिसकेको र आगामी दिनमा पनि सोही प्रकारका योजना रहेको बताएका छन्।

सांदस मल्लले शनिबार मात्रै जिल्ला प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर र पन्जा सहयोग गरेका छन्। उनले सो स्वास्थ्य सामग्री जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेलाई हस्तान्तरण गरेका हुन। 

त्यस्तै उनले बैखाख ११ गते जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई ८ थान पिपिई हस्तान्तरण गरेका थिए।  त्यस्तै  १० गते एउटा पनि थर्माेगन नभएको गन्यापधुरा गाउँपालिकामा दुई थान थर्माेगन उपलब्ध गराएका थिए। साथै सोही समयमा आवश्यकता अनुसार हाललाई अन्य स्थानीय तहलाई समेत एक/एक थान थर्माेगन उपलब्ध गराउनसक्ने प्रतिबद्धता जनाएका थिए। 

त्यस्तै जिल्लाको भित्रि मधेसमा रहेका जोगबुढा र आलितालका स्थानीयलाई १५/१५ सय मास्क र माथिल्लो भेगगरी हालसम्म उनले १२ हजार मास्क वितरण गरिसकेका छन्। यस्तै अमरगढी नगरपालिका र पोखरामा रहेको प्रहरी चौकीलाई समेत उनले मास्क र पन्जा सहयोग गरिसकेका छन्। 

यस्तै अमरगढी नगरपालिका वडा नम्बर २ का दलित समुदायमा रहेका ४५ घरधुरीलाई र अजयमेरु गाउँपालिकाको वडा नम्बर २ की विपन्न बसन्ती भण्डारीलाई सांसद मल्लले खाद्यान्न उपलब्ध गराएका छन्।  त्यस्तै उनले उग्रतारमा मन्दीरमा रहेका बटुकहरुलाई बैतडी घर पठाएका थिए। सनातन हिन्दु धर्ममा विस्वास गर्ने उनले डडेल्धुरावासी तथा देशवासीको लागि उग्रतारा मन्दिर र गन्यापधुरामा पुजापाठ समेत गरेका छन्। 

साथै उनले डडेल्धुरावासीलाई समस्या भए कांग्रेस डडेल्धुरालाई जतिबेलापनि गुहार्न अनुरोध समेत गरेका छन्। त्यसका लागि जिल्लामा रहेका आफ्नो कार्यसमितिका पदाधिकारी, पालिका समिति, वडा समिति तथा भातृ संगठनहरु परिचालित रहेकाले अप्ठ्यारोमा परेका नागरिकलाई सम्पर्क गर्न सांसद मल्लले अनुरोध गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस