सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्चुलामा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग

२०७७ वैशाख १६, ०७:५२ खबर संवाददाता

धनगढी :  धार्चुलामा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरिएको छ। कोरोना भाईरस(कोभिड– १९) को जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न देशमा लकडाउनको घोषणसँगै महाकाली पारी धार्चुलाको क्वारेन्टाइनमा रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउन माग गरिएको हो।

क्वारेन्टाइन अवधि पुरा गरिसकेकाहरुलाई स्वदेश फर्काउन माग राख्दै नेपाल विद्यार्थी संघ दार्चुला, नेपाल तरुण दल दार्चुला र नेपाल दलित संघ दार्चुलाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई संयुक्त ज्ञापनपत्र बुझाएको छ।

उनीहरु स्वदेश आएर क्वारेन्टाइनमा बस्न इच्छुक भएको, स्थानीय तहले आफ्ना नागरिकलाई जिम्मा लिने तयारी गरिसकेको हुँदापनि सरकारले स्वदेश पस्न नदिएको कदमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण गरिएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस