सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सामाजिक दूरी कायम गराउन १० हजार छाता वितरण

२०७७ वैशाख १५, ०९:४९

भारतको दक्षिणी राज्य केरलाको एक गाउँमा सामाजिक दूरी कायम गराउन स्थानीयलाई १० हजार छाता वितरण गरिएको छ।

एक स्थानीय अधिकारीले भने, कोभिड(१९ को संक्रमण नियन्त्रणका सामाजिक दूरी कायम गराउन र गर्मीमा र चाँडै वर्षा सुरु हुने भएकाले छाता वितरण गरिएको छ। छाता ओढ्दा मानिसहरु नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले छाता वितरण गरिएको बताइएको छ। स्थानीय अधिकारी पीएस ज्योथीका अनुसार हरेकलाई दुईवटा मास्कसमेत वितरण गरिएको छ।

महिला छिमेकी समूहले केरलामा एक लाख मास्क उत्पादन गरेका छन्। जसलाई स्थानीय तहमा वितरण गरिएको हो। केरलामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि केरलाले विभिन्न नयाँ नयाँ उपायहरु अपनाइएको छ। सीएनएन
 

कमेन्ट लोड गर्नुस