सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

२०७७ वैशाख १२, ०२:५५ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लाका ६ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ  देखाएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार बाजुरा र कैलालीमा दुई/दुई, तथा अछाम र डडेल्धुरा एक/एक गरी ६ जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखाएको हो।

६ जना मध्ये अहिले सम्म चार जनाको मात्रै पीसीआर परीक्षण गरिएको केन्द्रले जनाएको छ। पीसीआर परीक्षणमा भने चारै जनाको रिपोर्ट नेगेटिभ देखाएको छ भने बाँकी दुई जनाको पीसीआर परीक्षण बाँकी रहेको केन्द्रले जनाएको छ। यस्तै केन्द्रले अछाम र बाजुरामा दुई/दुई र दार्चुलामा एक जनाको रिपोर्ट इरर आएको जनाएको छ।

कमेन्ट लोड गर्नुस