सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसवुकमा सिमित आमाप्रतिको माँया

२०७७ वैशाख ११, ०४:२७

बिकास पाठक

धनगढी : विदेशमै घरजम गरेर बसेको एक छोराले फेसबुकमा आमाको फोटो राख्दै लेख्यो, ‘मेरी आमा महान छिन्। सधै/सधै हजुरको साथमा रहन पाउँ।’ अरु दिन आमालाइ एक फोन सम्म नगर्ने फोन गरि हाले पनि फोनमा कुरा नगर्ने सहरवासी अर्को छोरोले लेख्यो, ‘मेरी आमाको बयान गर्न सक्दिन म। आमा हजुरका हरेक सुख दुखमा साथ रहनेछु। मेरो सबथोक हजुर हो।’

घरको एउटा कुनाको सानो कोठामा बृद्ध आमालाइ नोकर जस्तो हालतमा राखेको अर्को छोरोले आमालाइ केही मिठाई अनि लुगा दिदै लेख्यो, ‘आमा मेरी आमा तिम्रो आर्शिवाद सधै पाई राखु। हजुरले गर्दा नै म यहाँ सम्म पुगे तिमि महान छौ मेरि आमा।’

हरेक दिन गाली गर्दै दुव्यवहार गर्ने, होच्याएर बोल्ने एक बुहारीले आफ्नी आमा र सासू आमको फोटो राख्दै लेखिन, ‘मेरा लागि दुबै आमा बराबर छिन्। हजुरहरु महान हुनुहुन्छ।’ आमालाई घरबाट निकाली बृद्ध आश्रम जान बाध्य बनाएको एक छोरोले लेख्यो, ‘मेरी आमा तिम्रो ऋण कसरी तिरौ? तिमी अनमोल छौ। तिमिबिनाको जीवन कल्पना पनि गर्न सक्दिन म।’

आमालाइ देख्दा उता मुख गर्ने एउटा छोरोले आमासंग फोटो खिच्दै लेख्यो, ‘शब्द छैन आमा तिम्रो बयान गर्नी कसरी गरौ। तिमी महान छौ मेरी आमा।’ यी केही प्रतिनिधि घटना मात्रै हुन्। यस्ता धेरै देखावटी पोस्ट देखिए आज सामाजिक संजालमा।

तर व्यवहारिक कुरा गर्दा धेरै आमाहरु बाध्य छिन्, बृद्ध आश्रम जान , धेरै आमाहरु बाध्य छिन भोको पेट बाटोमा भौतारिन, धेरै आमाहरु बाध्य छिन् घरमै छोरा बुहारिको दमन सहेर बस्न।

यहाँ मैले फेसबुकमा फोटो हाल्नु र मिठा शब्दको बिरोध गर्न खोजेको होइन तर सामाजिक संजालमा देखावटी होइन व्यवहारमै ती कुरा लागू होस। कोही आमाले पनि रुन नपरोस। भोको पेट बस्न नपरोस्स। बृद्ध आश्रम जान नपरो। सबै महान आमाहरूप्रती नमन।

कमेन्ट लोड गर्नुस