धनगढीमा नेविसंघको घुम्ती रक्तदान, ९२ पिन्ट रगत संकलन
धनगढी : स्थापना दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले धनगढी उपमहानगरमा रक्तदान अभियान संचालन गरेको छ। आफ्नो ५१ स्थापना दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५, कैलालीले धनगढी उपमहानगरपालिकाका विभिन्न ठाउँमा घुम्ती रक्तदान कार्यक्रम गरेको हो।
रक्तदानमा आज सम्म मात्रै ९२ जनाले रक्तदान गरेका छन्। नेविसंघ क्षेत्र नम्बर ५ का सभापति गजेन्द्रविक्रम शाहीले लकडाउनमा रगत संकलन नहुँदा समस्या भएकाले विरामीलाई रगत अभाव पूर्ति गराउन रक्तदान कार्यक्रम गरिएको बताए।
६ वैशाखदेखि संचालन गरिएको घुम्ती रक्तदानमा रक्त सञ्चार केन्द्र धनगढीमा १०, फूलबारी डिपो बजारमा १४, बिशालनगरमा १४, राजपुर चोकमा १५ जना, शिवनगरमा १७ र वडा नम्बर २ मा २२ जना सहभागी भएका छन्।