डडेल्धुरा घर भएका डीएसपी विष्ट एसपीमा बढुवा सिफारिस
धनगढी : प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ। २४ जना मध्ये सुदूरपश्चिममा कार्यरत एक जना डिएसपी रहेका छन् भने सुदूरपश्चिम घर भएका एक जना रहेका छन्।
हाल जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत दीपेन्द्र शाहीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। यस्तै डडेल्धुराको रुपला घर भएका प्रहरी नायव उपरिक्ष बेद विष्ट बढुवा सिफारिसको तेस्रो नम्वरमा छन्।
उनले २०५८ सालमा प्रहरी सेवा सुरु गरेका थिए भने २०६९ सलाको चैतमा डिएसपीमा बढुवा भएका थिए। उनी अहिले केन्द्रिय प्रहरी विशेष कार्यदल नक्सालमा कार्यरत छन्।