सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी हाट बजारमा ५० र सयका नोट फेला परेपछि.....

२०७७ वैशाख १०, ०६:०० खबर संवाददाता

धनगढी : देशका विभिन्न स्थानमा नोट फालेर आतंक मच्चाउने प्रयास गरिएका बेला धनगढीमा सोही प्रयास भएको छ। धनगढी हाट बजारमा ५० का ५ र सयको एक नोट फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नोट बरामद गरिएको छ।

यसअघि धनुषामा सडक र बन्द पसलको सटरमा पैसाको नोट राखेर दुई महिला भागेका थिए। कोरोना संक्रमण फैलाउने उद्देश्यले संक्रमितले थुकेको पैसाको नोट सडकमा राखेको भन्दै सो क्षेत्रका सर्वसाधारण आतंकित बनेका थिए।
 

कमेन्ट लोड गर्नुस