सुदूर नेपाललाई विश्वसँग जोड्दै

संगम सहकारीद्वारा नगर कोरोना कोषमा एक लाख सहयोग

२०७७ वैशाख १०, ०३:२८ खबर संवाददाता

धनगढी: कोरोना महामारीबाट बच्न धनगढी उप–महानगरपालिकाले स्थापना गरेको कोषमा संगम सहकारी संस्थाले एक लाख आर्थिक सहयोग गरेको छ। रकम संगम सहकारी संस्थाका अध्यक्ष नरेश विष्टले नगर प्रमुख वडलाई हस्तान्तरण गरेका थिए।

धनगढी–४ मा रहेको संगमले गरेको सो सहयोग नगर क्षत्रमा सञ्चालित सहकारी मध्य सवै भन्दा ठुलो राशी भएको नगर प्रमुख नृपबहादुर वडले बताए। 

उनले संकटको घडिमा संगमले गरेको आर्थिक सहयोगले विपन्न परिवारलाई राहत वितरण रोग नियन्त्रणमा ठुलो टेवा पुग्ने बताए। कार्यक्रममा संगम सहकारी संस्थाका व्यवस्थापक मोहन विष्ट, कोषाध्यक्ष सावित्री साहु लगायतको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस