सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अर्घाखाचीबाट फर्किएका युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

२०७७ वैशाख १०, ०३:२३ खबर संवाददाता

मोहन्यल : कैलालीमा अर्घाखाचीबाट फर्किएका युवकको यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। मंगलबार अर्घाखाचीबाट फर्किएका मोहन्याल गाउँपालिका वडा नम्बर ५ को कटौजेमा १७ वर्षीय युवकमा र्‍यापिड टेस्टमा गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको हो।

मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले एन्टीबडी पोजेटिभ देखाएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउन लागेको जानकारी दिए।

उनको धनगढीमा थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गरिनेछ। युवकसँगै फर्किएका ३६ जनाको रिर्पोट भने नेगेटिभ आएको छ। 

कमेन्ट लोड गर्नुस