सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट ट्रकमा सुदूरपश्चिम फर्किरहेका ३१ मजदुरलाई चिसापानीमा रोकियो

२०७७ वैशाख २, १२:२९ खबर संवाददाता

चिसापानी : काठमाडौँ लगायतका जिल्लाबाट ट्रकमा सुदूरपश्चिम फर्किरहेका ३१ ज्ना मजदुरलाई चिसापानीमा रोकिएको छ। ना ६ ख २६२४ नम्बरको मालबहाक ट्रकमा काठमाडौँ, चितवन, बुटवल र कपिलवस्तुबाट फर्किएका उनीहरुलाई प्रहरीले चिसापानीमा रोकेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उपरिक्षक दक्षकुमार बस्नेतले ट्रक सहित उनीहरुलाई चिसापानीमा रोकेको जानकारी दिए। ती मजदुरहरुलाई गन्तव्य पठाउँने वा कैलालीमै क्वारेन्टाईनमा राख्ने विषयमा छलफल भईरहेकाले केही बेरपछि टुङ्गो लाग्ने बताए।

प्रहरी नायब उपरिक्षक बस्नेतले अहिले सम्म लकडाउनका कारण अलपत्र परेर जिल्ला प्रवेश गर्न खोज्ने मजदुरलाई आउन दिईएपनि अब भने कडाई गरिने बताए। समस्यामा परेका मजदुरहरुलाई सम्बन्धीत जिल्लामा व्यवस्थापन गर्न पहल गरिने समेत प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस