सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजार राहत दिने

२०७६ चैत्र २७, ०५:११ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यादारी गरिखाने मजदुरका परिवारका लागि राहत प्याकेज ल्याएको छ।

प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई तीन हजारका दरले राहत वितरण गर्न १६ करोड बजेट छुट्याएको हो।

सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला ता कानून मन्त्री प्रकाशबहादुर शाहले मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

 यस्तै बैठकले कोरोना भाईरस (कोभिड–१९) को राहत कोष सञ्चालन तथा वितरण मापदण्ड स्वीकृत गर्नुका साथै प्रदेशमा फाल्गुन मसान्त भित्र बुझाउनुपर्ने कर शुल्क र दस्तुरको अवधी बैशाख सम्म गर्ने निर्णय पनि गरेको प्रवक्ता शाहले बताए। 

कमेन्ट लोड गर्नुस