सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा यात्रु ओसार्दै एम्बुलेन्स

२०७६ चैत्र २७, ०२:११ खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङको मष्टा गाउँपालिकाको एम्बुलेन्सको दुरुपयोग पाइएको छ। मष्टा गाउँपालिकाद्धारा सञ्चालित उक्त एम्बुलेन्स एक बिरामी लिन धनगढी गएको थियो। धनगढीबाट बिरामीसहित बिरामीका परिवार ४ जना र अन्य दुईजना राखेर एम्बुलेन्स मंगलबार बझाङ पुगेको थियो। 

एम्बुलेन्समा बिरामी र बिरामी कुरुवा, चिकित्सक बाहेक अरुलाई ओसारपसार गर्न नपाइने प्रावधान छ। तर देशभर लकडाउन गरिएको अवस्थामा स्थानीय दुई जनाले जानका लागि धरै दबाब दिएपछि उनीहरुलाई बोक्न बाध्य भएको एम्बुलेन्स सञ्चालक नबराज खड्काले बताए। 

आफूहरु कसैलाई जानकारी नगराई धनगढीदेखि अन्य दुई जना बोकेको खबर आफूले बझाङ आइसकेपछि मात्रै थाहा पाएको मष्टा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए। एम्बुलेन्समा विवेक द्वाल बिरामी(घाइते), बिरामीका बुबा गगनबहादुर द्वाल, आमा देवकीदेवी द्वाल, बहिनी भावना द्वाल र अन्य दुई जना मष्टा १ का अरुणबहादुर सिंह र मष्टा ३ का राजु कठायत एम्बुुलेन्समा ल्याइएको थियो। 

एम्बुलेन्स दूरुपयोग खबर आफूलाई आइसकेको हुँदा कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। धनगढीबाट बझाङ पुग्दा पनि प्रहरीले एम्बुलेन्स भन्दै चेकजाँच गरेको थिएन। यस्ता समय सुरक्षा निकाय सक्रिय नहुने हुँदा एम्बुलेन्सकै दुरुपयोग हुने गरेको छ।

कमेन्ट लोड गर्नुस