सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक अभावले उपचार गर्न काठमाडौँ लैजान नसक्दा डोटीका बालकको धनगढीमा मृत्यु

२०७६ चैत्र २७, १२:५५ खबर संवाददाता

धनगढी : डोटीका मुटु रोग पीडित १० वर्षीय बालकको धनगढीमा मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ का १० वर्षीय बालक सुदिप नेपालीको मृत्यु भएको हो। मुटुमा समस्या देखिएपछि धनगढी ल्याईएका बालकको आज मृत्यु भएको हो। 

मृतकका बुवा मिनवहादुर नेपालीले भने, ‘२१ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरेको थिए। मुटुमा गम्भिर समस्या देखिएपछि अस्पतालले तीन दिन अगाडि नै अन्यत्र रेफर गरेको थियो। तर काठमाडौँ लैजानका लागि आर्थिक अभव भएपछि धनगढीमै उपचार भईरहेको थियो।’

उनका अनुसार आज काठमाडौँ लैजाने तयारी भईरहेको थियो। परिवारका सदस्यले सहयोगका लागि याचना पनि गरेका थिए। चिकित्सकहरुले बालकको मुटुको भल्बमा गम्भीर समस्या देखिएकाले धनगढीमा उपचार सम्भव नभएको भन्दै उपचारका लागि गंगालाल हृदय केन्द्र काठमाडौं लैजान सुझाव दिएका थिए।

कमेन्ट लोड गर्नुस