सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद

२०८३ भदौ २, ०८:३६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ फन पार्क र धनगढी उपमहानगरपालिका–९ बङ्ग्रा कटानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ८१ हजार सात सय तिस रुपैंया बराबरको कपडा, सुर्ति र बिडी लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ३ लाख पाँच हजार रुपैंया बराबरको कपडा, हार्डवेयर सामान, मोबाइल कभर र किराना लगायतका सामान सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस