कैलालीमा थप कोरना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ
धनगढी : कैलालीमा कोरना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने पवन कुमार भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनले फेसबुकमा “ भाईरसको संक्रमित टीकापुर नगरपालिका वडा नम्वर १ ब्लक नम्वर १० मा भेटियो “ लेखेका थिए। म नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।