सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक परीवार सवार स्कारपियो मकवानपुरमा दुर्घटना, महिलाको मृत्यु

२०८३ भदौ २, ०१:३६ खबर संवाददाता

बैतडी– मकवानपुरमा भएको स्कारपियो दुर्घटनामा बैतडीकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–७ सुर्काल बस्ने, ५१ वर्षीय तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडुको मृत्यु भएको हो ।

तारादत्त बडु सहित उनका २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया छोरी रिता बडु गमभीर घाइते भएका छन् । 

उपचारका लागि उनीहरुलाई काठमाण्डौँ अस्पतार लगिएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको हो । 

घाइते भएका ६ जना मध्ये लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो ।  नेपाली सेनाको हेडक्वार्टरमार्फत उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो । 
 

कमेन्ट लोड गर्नुस