सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोनाको र्‍यापिड टेष्टका लागि नमूना संकलन सुरु

२०७६ चैत्र २५, ०३:२० खबर संवाददाता

काठमाडौँबाट आएको तालिम प्राप्त टोलीले कैलालीमा कोरोना (भाईरस कोभिड–१९) को र्‍यापिड टेष्ट सुरु गरेको छ। टोलीले जिल्लाको गोदावरी नगरपालिकामा रहेको तेघरी ब्यारेकको क्वारेन्टाईनमा राखिएका २१ जनाको नमूना संकलन गरिएको जनाएको छ।

नमुना संकलनमा खटिएको टोलीको सहजीकरण गरिरहेका स्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाले नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका २१ जनाको रगत र थ्रोट स्वाबको नमूना संकलन गरिएको दिनेश खबरलाई बताए।

‘हामीले ब्यारेकमा राखिएका २१ जनाको नमूना संकलन ग¥यौँ। अहिले महेन्द्रनगर गईरहेका छौँ। संकलित नमूना नेपाली सेनाको हेलीकोप्टर मार्फत आजै काठमाडौँ पठाईनेछ।’ ढुङ्गानाले सहजीकरण गरिरहेको पाँच जनाको टोलीले महेन्द्रनरको आईसिएच भवनको क्वारेन्टाईनमा राखिएका ७० जनाको पनि नमुना आज नै संकलन गर्नेछ।

संकलीत नमूना काठमाडौँ पठाएर पिसिआर मेसिन र्र र्‍यापिड डाइग्नोष्टिक टेस्ट किटबाट परिक्षण गरिनेछ। दुवैको नतिजना एकै आएमा उक्त किटको विश्वसनीयता पुष्टि हुने अपेक्षा गरिएको छ। सरकारले सुदूरपश्चिमका लागि खटाएको टोलीले कैलाली र कञ्चनपुरमा नमूना संकलनको काम थालेको हो। कैलालीका अन्य स्थानमा राखिएका व्यक्तिहरुको नमूना संकलन गर्न अर्को टोली पनि खटिसकेको छ। 

 

कमेन्ट लोड गर्नुस