सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

२०७६ चैत्र २५, ०८:२७

कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको बताए। “स्वाब सङ्कलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ,” उनले भने, “हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौं।” रासस
 

कमेन्ट लोड गर्नुस