सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पताल कोरोना विशेष, अन्य बिरामी पनि जोखिममा

२०७६ चैत्र २४, ०७:०८ भुवन भट्ट

धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेपनि अन्य बिरामीका लागि विकल्प नहुँदा जोखिम बढेको छ। सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको एक साता बढी भइसक्दासमेत अन्य बिरामीका लागि विकल्प खोजीएको छैन।  

चैत १५ गतेको मन्त्रीपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो। प्रदेशभरीका बिरामीको चाप हुने उक्त अस्पतालमा कोरोना संक्रमित र संकास्पद विरामीको उपचार थालिएको छ तर अन्य बिरामीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। 

सेतीमा अहिले ४ जना कोरोना संक्रमित र अन्य केही शंकास्पद बिरामीको उपचार भइरहेको छ। र त्यही अन्य विरामीको पनि उपचार हुँदा जोखिम बढेको बिरामी कुरुवा  लालबहादुर भुल बताए।  

कोरोनाको जोखीम बढेकाबेला सुदूरपश्चिम मन्त्रीपरिषद्को बेठकले सेती प्रादेशीक अस्पतालाई चैत १५ गते कोरोना विषेश अस्पताल बनाउने निर्णय गरेको थियो। कोरोना विशेष अस्पताल बनाउने घोषणापछि अन्य रोगका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्थापन हुनुपर्ने हो। तर अहिले कतिपय निजि अस्पतालले पनि उपचार सेवा बन्द गर्दा अन्य रोगका बिरामीका मारमा परेका छन्। धनगढीमै रहेका निजि अस्पतालसँग समन्वय पनि नगर्दा अहिले अन्य रोगका विरामीको बिचल्ली भएको हो।

 प्रदेश सरकारले कोरोना विषेश अस्पताल तोकेर सेती प्रादेशीक अस्पतालाई झन जोखीममा राखेको चिकित्सकहरुले बताएका छन््। अहिलेसम्म कोरोना विशेष अस्पतालमा आवश्यक सतर्कता समेत अपनाइएको छैन्। प्रदेश सरकारले सतर्कता र आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिरहेका सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदिश जोशीले बताए।  

यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने कोरोना विशेष अस्पताल तोकिसकेपछि अन्य व्यवस्थापनमा लागि परेको दावी गरेको छ। सेति प्रादेशीक अस्पतालमा अन्य विरामीले सकभर नआए उचित हुने मन्त्रालयको धारणा छ। यद्यपी आधीकारीक रुपमा भने मन्त्रालयले अन्य प्रवृतिका विरामीलाई नआउन सुचित भने गरीसकेको छ्र्रैन्। 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर बहादुर बिष्टले अन्य विरामी तथा कुरुवाका लागी सेनिटाइजर तथा तातोपानीको व्यवस्था सम्म गर्न नसकेको स्विकार गरे। तर कोरोना विशेष अस्पताल तोकीसकेपछि अन्य विरामीका लागि व्यवस्थापन गरिरहेको उनको दावी छ। 

 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस