सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वडा अध्यक्षद्धारा खाद्यान्न र मास्क वितरण

२०७६ चैत्र २४, ०८:२१ खबर संवाददाता

बाजुरामा वडा अध्यक्ष प्रकाश बहादुर रावलले मास्क र खाद्यान्न वितरण गरेका छन्। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रावलले मास्क र खाद्यान्न वितरण गरेका हुन्। कोरोनाको जोखिमबाट बच्नका लागि वडाबासीलाई मास्क वितरण गरिएको वडा अध्यक्ष रावलले बताए।

‘कोरोनाको जोखिमलाई नियन्त्रण गर्नको लागि पुरै देशमा लकडाउनको घोषणा गरिएका वेला खाद्यान्नको अभाव हुन नदिन वडा वासीलाई चामल लगायतका खाद्यान्न समेत वितरण गरेको हुँ’, उनले भने, ‘व्यक्तिगत स्वास्थ्यलाई मध्यनजर गरी सबैलाई सचेत रहन आग्रह गर्दै मास्क र खाद्यान्न वितरण गरिएको छ।’

बजारमा मास्कको कृत्रिम अभाव देखिएका वेला उनले भने मास्कको जोहो गर्दै वडावासीलाई वितरण गरेका हुन्। आफ्नो वडाभित्र कुनैपनि संकट आउन नदिन ५ सय भन्दा बढी घरधुरीलाई स्वास्थ्य समाग्री समेत वितरण गरिएको छ। खाद्यान्नमा पारिवारिक अवस्था र सदस्य संस्याको आधारमा पाँच किलो देखि २५ किलो चामल, १ किलो नुन लगायतका समाग्री वडा कार्यालय र आफ्नो व्यक्तिगत लगानीमा घरमै पुगेर वितरण गरिएको हो।

कमेन्ट लोड गर्नुस