सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

२०७६ चैत्र २३, ०६:४६ खबर संवाददाता

धनगढी : धनगढीस्ति सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। यससँगै उनको अस्पताल बसाइँ लम्बिएको छ। धनगढी उप ण्महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय संक्रमित बिरामीको परिवारका सदस्यसंगै पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

दोस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो। उनलाई १४ गते कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। उनी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए।

काठमाडौँबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए। ति युवककी भाउजुमा पनि कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ भने परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

कमेन्ट लोड गर्नुस