महाकाली नदीमा मृत भेटिएका युवकको पहिचान भएन
कञ्चनपुरको महाकाली नदीमा मृत भेटिएका युवकको पहिचान हुन सकेको छैन्। शुक्रबार भीमदत्त नगरपालिका वडा नम्बर १३ पिपरिया कोटेनाला नजिकै महाकाली नदीमा नाङ्गो अवस्थामा मृत भेटिएका अन्दाजी २६ वर्षीय युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र पौडेलले अन्दाजी ५ देखि ७ फिट सम्मको उचाई, लाम्चो अनुहार, कलसाईलो वर्ण, पातलो शरिर भएका युवकको शव परिक्षणका लागि प्राथमिक स्वास्य्थ केन्द्र दोधारामा राखएिको छ।
यस्तै, सोही दिन महाकाली नगरपालिका वडा नम्बर ४ को झोलुङ्गे पुलबाट १ किलोमिटर दक्षिण महाकाली नदीको बगरमा भेटिएका कपडा पनि मृतकको हुनसक्ने अनुमान गरिएको छ।
घटनाको अनुसन्धान जारी राखएिकाले मृतकलाई चिन्ने व्यक्तिलाई सम्बन्धीत परिवार र प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ।